काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।
सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्को अवरोध जारी राख्ने बताएको छ ।