Gyaan Ghar

Advertisement

आमा

  • रबी पौडेल

धर्तीको न्यानो कपास
चन्द्रमाको जस्तो मुहार
सूर्यको जस्तो किरण
बयान गरेर साध्य छैन
नाम हो ,
धर्तीकी रानी आमा !

भोक ,निद्रा र थकान नभनी
सधैँ अर्कैको लागि
दुख ख कष्ट र वेदनाका पोका
मनको एउटा कुनामा राख्ने
नाम हो ,
स्नेहकी रानी आमा !

लोरी सुनाउँदै नयनमा नयन जुराउँदै
पिँडीमा कोर्को हल्लाउँदै
सुमधुर कोइलीको स्वरमा
भोक प्यास मेटाउँदै
सन्तोष छर्ने
नाम हो ,
मुटुको धड्कन आमा !

तसलामा भात सकिँदा पनि
कराइमा तरकारी रित्तिँदा पनि
खान्छस् बाबु !
खान्छ्यौ छोरी !
खानुहुन्छ हजुर !
भनेर थपिदिने ममताकी खानिको
नाम हो ,
दयाकी खानि आमा !

पसिनाले चोली भिजे झैँ
आँसुले छाती भिज्दा पनि
सहन सक्ने
नाम हो ,
वीर नारी आमा !

झुक्दै नझुक्ने,हार्दै नहार्ने
हारेर पनि जित्ने
संसार देखाउने
संसार चिनाउने
संसार थाम्ने
र,
संसार बदल्ने तागत  दिने
नाम हो ,
आमा ! आमा ! आमा !

२६ वैशाख २०८१
         मे ८ , २०२४
दक्षिण भारत पाण्डेचरि

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...