काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सभामुख पार्टीको इशारामा चलेर जबरजस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् ।
उनले एमालेका सांसदहरूले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा सञ्चालन गरेको आफूले नदेखेको बताए ।