काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबिच जुन र सेप्टेम्बरमा दुई वटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।
पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ ।
बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुई वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीन वटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्युजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।