Gyaan Ghar

Advertisement

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले आ बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ । 

त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भए पनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...