धनगढी । नेपाली काँग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा काँग्रेसका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
काँग्रेसका सांसदहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।
काँग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।