Gyaan Ghar

Advertisement

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदै


काठमाडौँ, १९ वैशाख । नेपाल र वेस्ट इन्डिज ए बिचको तेस्रो खेल आज हुदैँछ ।

५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न १२: १५ बजेदेखि सुरु हुने छ ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी- २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी-२० विश्वकपको टिम सार्वजनिक गर्न आइसिसीले दिएको हेडलाइनको अन्तिम दिन हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

नेपालले सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...