Gyaan Ghar

Advertisement

६ गजलहरू

  • रबि पाैडेल

१)
राजनीति कमाउने भाडाे बनाए इमान बेचेर
थुप्रो पैसा कमाए यिनले देशको माटो बेचेर

देश परिवर्तन गर्न गए मन्त्री बनी नेताहरू
कङ्गाल बनाई देश सम्पत्ति जोडे नागरिकता बेचेर

कति राम्रो देश हिमाल पहाड तराई मिलेको
जनता लडाए नेताले यहाँ धर्म बेचेर

नदीनाला बेचे उध्याेगधन्दा निजीकरण गरे
परिवार धनी बनाए नेताहरू अाफाे बोली बेचेर

देश बरबाद भयो नेताले दलाली गर्दा यहाँ
जनता कङ्गाल बनाए झुटो कुरा बेचेर ।।
——————————
गजल :२
कमाउँछु भन्दाभन्दै कमाउन सकिन
रमाउँछु भन्दाभन्दै रमाउन सकिन।।

सधैँ अपुग हुन्छ केही न केही कुराको
जिन्दगीको सही मार्ग ठमाउन सकिन ।।

बर्षाै भयो मिहेनत  गर्न  लागेको पनि
घर आफ्नै  हो भनी जमाउन सकिन।।

सबै ले पन्ध्र  हजारका लगाछन् जुत्ता,
म पन्ध्र साै जोगाई धन समाउन सकिन

जीवन सधैँ भुमरीमा परेको हुन्छ हाम्रो
मेरो  जिन्दगीमा मुक्ति अमाउंन सकिन ।।
मिति :०३ डिसेम्बर २०२३
———————————

गजल :३
मलाई दुख्ने थिएन तिमिले नघोचेको भए
आगो जल्ने थिएन अगुल्टो नठोसेको भए ।।

चिसा मुठा कसरी सल्किछ मट्टितेल नखन्याए
तिमी मस्त  निद्रा मै थियौ मैले नजगाएको भए ।।

उठेर पनि अल्छी मानी बसेका थियौ तिमी
तिमी आउने थिएनौ मैले नबोलाएको भए ।।

अँध्यारो थियो बाटो टर्च हातमा थिएन
तिमी जान सक्दैनथ्यौ मैले राँको नजलाएको भए ।।

भिरको बाटो  गन्तव्य अप्ठ्यारो थियो
पाइला चाल्दैनथ्यौ तिमी मैले हात नसमाएको भए ।।मिति :५ डिसेम्बर २०२३
————————————–
गजल :४
रातो रगत पियो उसले दियो तातो गोली
रोजगारको बदलामा दियो तातो गोली

रक्ताम्मे  भयो सडक बन्द भयो बोली
सपनाका झ्याल  फोर्न दियो तातो गोली

विदेश जाने अधिकार थियो उसको पनि
आन्दोलन दबाउन दियो तातो गोली

सहारा गुम्यो भरोसा टुटे फर्कँदैन भोली
सर्वहारा गृहमन्त्रीले दियो तातो गोली

सम्झनाका पर्खालहरू ढले कष्ट मोली
न्याय छै यो देशमा चल्छन् तातो गोली
मिति : ३० डिसेम्बर २०२३
——————————————
गजल:५
मानिस हँसाउने मलाई मन हो
भावनाको विकास गर्ने  मन हो।

समाज गरिबीले थिल्चिएकाे छ
सबैको घरमा बत्ती बलाेस भन्ने मन हो ।

लुटेर मानिस बिगार्ने धन हो समाजमा
दुष्टहरूलाई हत्कडि लगाउने मन हो ।

गरिब जनताको न्याय कुल्चिएको छ
न्यायालय स्वतन्त्र होस भन्ने मन हो ।

देश परिवर्तन गर्नुपर्छ सबै उठेर फेरि
विदेशी दुस्मनलाई भगाउने मन हो ।
मिति :२७ डिसेम्बर २०२४
————————————-
गजल : ६(साहित्य दाङ शाखा मा समावेश )
हाम्रो पाखा पखेरा सुन्दर पहाड सुनको खानि छ
बेकार मा विदेशीसँग रिन माग्ने सरकारको बानी छ

हरियो बनजङगल जडीबुटी प्रशस्त छ देशमा
कलकल बग्ने छहरा खोला नदिका पानी छ

युवाहरूको देश प्रति सधैँ लगानी छ
जिउ प्रदेशमा भए पनि देशकै परानी छ

घरवारि बाँजाे छ सबै  खेत धितो  चलानी छ
भैँसी पाल्न छोडे अहिले रित्तो ठेकोभित्र मदानी छ

सरकार कस्तो नागरिकता बेचेर दानी भएको छ
नेपाली जनतालाई जानीजानी कङ्गाल बनाएको छ

मिति २४ डिसेम्बर २०२३
रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...