Gyaan Ghar

Advertisement

आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

  • खड्क सुनार 

मुगु, १४ माघ । मुगुको  सोरु गाउँपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ बर्सिया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ।

उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदै छिन्। वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ । श्रीमतीको मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसमै छन् । उनी केही बोलेनन् । 

‘अरूलाई त बनिबितो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने।

सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइ बुहारी पनि ज्वरोले थलिएका छन्। रोग र शोक एकै पटक झेलिरहेको परिवारलाई पोसिलो आहार र उपचारको खाँचो छ। तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ।

‘घरमा दुई छाक टार्नै धौ–धौ छ। मजदुरी गरेर खान्थ्यौँ,’ सलबहादुरले भने, ‘अहिले रोग र भोकको विपत्ति एकै पटक आयो, ठुलाले जे खाए पनि हुने रहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ?’ घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मङ्सिरमा सलबहादुर छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए।

तर, दुई महिना नबित्दै घरमा विपत्ति आइलाग्यो। सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो। गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ। ‘घरैभरि बिरामी छन्। मान्छेको बिचल्ली छ,’ सलबहादुरले भने, ‘वल्लो घर पल्लो घरका नानीहरूले दूध खुवाएर त्यो बच्चालाई बचाएका छन्। कसलाई के भनौँ ? कसरी मागौँ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झन्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाक मुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन्।
 

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...