Gyaan Ghar

Home

Advertisement

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ: आईएमएफ प्रमुख

जेनेभा, १ माघ । आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन ।

 

यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठुलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् ।

 

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक अन्तर्वार्तामा भनिन् कि एआईले विकसित देशहरूमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ।

 

आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उनले विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुने अपेक्षा गरिएको छ । ‘विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी प्रभावित हुने सम्भावना छ,’ उनले अगाडी भने, ‘तपाईँसँग जति धेरै उच्च दक्ष रोजगारी हुन्छ, त्यति नै ठुलो प्रभाव हुन्छ।’

 

जर्जिभाले अगाडी भनिन, ‘तपाईँको जागिर पूर्ण रूपमा समाप्त हुन सक्छ वा आर्टिफिसियल इन्टेलिजेन्सले रोजगारीको अवसर बढाउन सक्छ। त्यसो भए तपाईँ वास्तवमा अधिक उत्पादक हुनुहुनेछ र तपाईँको आय स्तर बढ्न सक्छ ।’

 

‘हामीले विशेष गरी न्यून आय भएका देशहरूलाई द्रुत गतिमा अघि बढ्न मद्दत गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ ताकि उनीहरूले कृत्रिम बुद्धिमत्ताद्वारा प्रदान गरिएका अवसरहरूको फाइदा लिन सकुन्’ जर्जिएभाले सञ्चार माध्यमलाई भनिन ।

 

उनले भने, ‘त्यसैले आर्टिफिसियल इन्टेलिजेन्स थोरै डरलाग्दो छ तर यो सबैका लागि ठुलो अवसर पनि हो।’

 

जर्जिएभाका अनुसार सन २०२४ विश्वभरको वित्तीय नीतिको लागि धेरै कठिन वर्ष हुने सम्भावना छ किनकि देशहरूले कोभिड १९ महामारीको समयमा जम्मा भएको ऋणको बोझलाई सम्बोधन गर्न र घटेका बफरहरूको पुनर्निर्माण गर्न खोज्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search