Gyaan Ghar

Advertisement

‘छापामारको छोराे’का लेखक तथा मदन पुरस्कार विजेता,‘भ्रष्टाचारी’ महेशविक्रम शाहलाई खुला पत्र

 

  • वाशिष्ठ

 

        महेश दाइ नमस्ते, म हजुरकै घर अमरावतीको एक बाहुन भाइ । मेरो कलमको नाम ‘वाशिष्ठ’ ।  तपाईँ मलाई राम्रोसँग चिन्नुहुन्नथ्यो म एकोहोरो चिन्थे । मेरो र हजुरको बेला बेला साहित्यिक कार्यक्रममा जम्काभेट हुन्थ्यो । म मेरा कुरा राख्थेँ हजुर आफ्ना कुरा राख्नुहुन्थ्यो । हजुरसँग यस्ता साहित्यिक कार्यक्रममा भेट भएर नमस्कार गरेर भलाकुसारी गरेको विविध सन्दर्भ याद आयो ।

कैलालीको टीकापुरमा  तपाई र थोमस वर्गिसलाई रथयात्रा गरेको याद आयो  । जुन बेला मैले हजुरलाई सोधेको थिएँ ।  दाजु तपाइलाई कस्तो लाग्यो भनेर । हजुरको जवाफ थियो आजसम्म थुप्रै सम्मान पाइयो, अरू जति सम्मान पाए पनि यति ठुलो सम्मान पहिलो हो भन्नुभएको थियो । त्यो समाचार जत्रो छापिए पनि हजुरको भनाइसहित बाकेबाट प्रकाशित हुने जनमत अर्ध साप्ताहिकमा एक हप्तापछि छापिएको छ ।

त्यस्तै दोस्रो नेपालगन्जमा प्रेमप्रकाश मल्ललाई दुई लाख रुपैयाँ उपचारमा सहयोग गर्ने कार्यक्रममा रात्रि भोजसहितको कार्यक्रममा भेट भयो । मैले २० पैति रातो थुँगा दिएको थिएँ। यो बेचेर नगद बनाएर जति हुन्छ दिनु भनेर । त्यो बेला म प्रलेस सुर्खेतको सचिव थिएँ । सुर्खेतबाट आएको थिएँ त्यहाँ भेट भयो ।  हजुर मञ्चमा जाने भएकाले हजुर मञ्चतिर जानुभयो हामी तल बस्यौँ ।

त्यही नेपालगन्जमा प्रतिलिपि रजिस्टारको कार्यालय काठमाण्डौको कार्यक्रममा थियो । हजुरले म नै अन्यायमा छु मेरो रायल्टी नै पाएको छैन भनेर बोलेको अहिले नै जस्तो लाग्छ । वीरबहादुर राई रजिस्टार हुनुहुन्थ्यो । मेरो उहाँसँग त्यो कार्यक्रमले राम्रो चिनजान भयो । त्यो कार्यक्रममा हरिप्रसाद तिमिल्सेनाले निमन्त्रणा गर्नुभयो । सुर्खेतबाट अरूलाई बोलाउनु भन्दा हजुर आएको बेला सहभागी भएर जानुस् भन्नुभयो ।  म त्यो बेला अलि चल्दाफुर्दा अहिलेको भन्दा बढी थिएँ ।

हजुर नेपालगन्जमा एसएसपी हुँदा हजुरलाई त्यहाँ पनि भेटेर आएको छु । यी सबै जति माया छन् यी हजुरको कलमले पाएको माया हो । हो एउटा कुरा हजुरको अलि पदका कारण वा व्यक्तिगत स्वभाव त्यति ख्याल नगर्ने मैले त्यो पनि दुःख मान्न छोडिसके । किनभने भेट हुँदा नमस्ते फर्काइ हाल्नुहुन्छ हात मिलाइहाल्नु हुन्छ मलाई यति भए पुग्छ  ।

हजुर कर्णालीको डिआइजी हुँदा म हजुरको कार्यकक्षमा नै गएर आएको छु । मैले भनेको थिएँ दाजु म पुलिस भनेर भेट्न आएको हैन । तर तपाईँ फेरी पनि बर्दीधारी पुलिस त हो त । तपाईँको एसपीले मेरा दुई जना लेखक ल्याएर थुनिदिएको छ । म विज्ञप्ति सिज्ञप्ती केही निकाल्दैन विज्ञप्ति निकाल्नु भनेको हजुरसँग दोहोरी खेल्नु हो ।  विचार बोक्न पाइन्छ दाजु हजुर के विचार राख्नु हुन्छ आफ्नो ठाउँमा छ । म आज सुर्खेतको प्रलेसको अध्यक्ष हुँ ।मैले विज्ञप्ति निकाले पनि हुने । यो ठाउँमा तपाईँ भएपछि म किन विज्ञप्ति निकालूँ भनेर भनेँ । विचारले नै गणतन्त्र आएको हो । त्यसैले विचारको साहित्य लेख्दा मेरा लेखक किन थुन्ने दाजु । हो उनीहरू विप्लव माओवादी हुन् तर राजनीति बमको गर्दैनन् भनेर भनेँ, कलमले गर्छन् । म कलम बाज दाजु हुनुहुन्छ भनेर हजुरसँग याचना माग्न आएको छु ।  म भेटेर केही कुरा राखेर जाउँन भनेर आएको भनेँ । यति भने पछि म दुई तीन दिनमा छोड्न लगाइदिउँला भन्नुभयो उनीहरू छुटे पनि ।  ती थुनिएका मेरो कमिटीका सदस्य थिए प्रदेशका सदस्य थिए । तपाइले मैले भनेको आग्रहलाई काम गरिदिनु भएको थियो ।

अहिले कता हुनुहुन्छ थाहा छैन । वसन्त अधिकारी सिडिओ हुनुहुँदो रहेछ फोनमा कुरा हुँदा उहाँले अलि ठुला कुरा गर्नुभयो । कार्यक्रम गर्न स्थानीय प्रशासनलाई सोधेर गर्ने थाहा छैन भनेर अलि हप्काएको पारामा नै  । अनि मैले  जवाफ पनि हप्काएको पारामा नै दिएको थिएँ । हाम्रा प्रलेसको कार्यक्रम कुनै पुलिसलाई जानकारी गराएर गरेको इतिहास छैन । त्यसैले तपाई पुलिसको हाकिम र पुलिसलाई जानकारी गरिएन भनेर मैले भनेँ । एसपीको नाम बिर्से उहाँको धारणा अलि फरक  थियो । तपाईँका लेखकलाई हामीले थुनेको हैन भनेर कुरालाई उहाँ अन्तै मोड्न चाहनु हुन्थ्यो । अहिले कता के गर्दे हुनुहुन्छ थाहा छैन । छैन त्यो उहाँको डिउटी होला ल्याएर हाम्रा लेखक  थुनिदिनुभयो । एक कविता भन्ने कविले देशै पट्काउने भनेपछि कति शक्तिशाली कविता रहेछन् त हामी लेखकसँग । कविताले गणतन्त्र धरापमा पर्ने । यस्तो गणतन्त्र कति कमजोर होला एउटा कविताले धरापमा पर्ने ।

हो दाजु मलाई एउटा कुराको  याद आयो । डा. तारानाथ शर्माले तत्कालीन राजा महेन्द्रको कविताको समालोचनामा कमजोर कविता वा के थियो  पछि त दरबारबाट बोलाहट भएपछि शमाृले विनम्र पूर्वक मैले श्री५महेन्द्रको कहाँ आलोचना गरेको त । कवि मविवि शाहको आलोचना गरेको भनेपछि महेन्द्र मुसुक्क हाँसेका थिए रे । त्यस्तै मैले पनि पुलिसको डिआइजी महेशविक्रमलाई कहिल्यै म चिन्दैन म छापामारको छोरो महेश विक्रमलाई चिन्छु ।

अस्ति मात्रै हजुरलाई भने भुँइखाटमा मेरो धारणा बदलियो दाजु भनेर । तपाइको बारेमा दर्जनौँले विद्यावारिधि गर्दै छन् ।

अलिकता स्वभाव धेरै वर्ष प्रहरीको उच्च पदमा बसेकाले पनि होला लेखक कम अलि प्रशासक बढी जस्तो स्वभाव लाग्थ्यो । त्यो हामीले भेटघाट नगरेर मात्रै हो दाजु म त्यसलाई व्यक्तिगत स्वभावका रूपमा लिन्छु ।

मेरा बुबा हुनुहुन्न दाजु म बुबा उमेरका सबैलाई बुबा भन्छु । बुबाले दिने सल्लाह तिनैबाट लिन्छु । म बुबालाई  फुपा र मुवालाई फुपू भन्छु । विद्या दिदी मेरी गुरु आमा हुनुहुन्छ । मेरो पढाई नबिग्रेको भए आज म प्राध्यापक हुन्थे होला  दाजु खैर केही छेन । हजुरको बाछिटाले म लेखक भएँ ।

मैले अनौपचारिक रूपमा हजुरसँग अन्तरसम्बाद गरेको दिन भनेको मङ्सिर १५को एएलाईसि होटेलमा भएको रात्रि भोजमा हो । त्यहाँ थाहा पाएको थिएँ । हजुर २० वर्षदेखि शाकाहारी म १६ वर्ष देखि शाकाहारी खानाको प्याला हजुरको र मेरो जम्यो धन्न त्यो भेलामा रङ्गिन चढाउने कोही भएनन् । मैले सम्मानका खातिर पहिला हजुरले लिए पछि मात्रै मेरो प्लेटमामा राखेँ । त्यही बेला भनेको थिए दाजु अमरावतीको स्कुलको काठको कौवा बसेको टौवा आज छैन पक्की घर बनेको छ । पुरानो तीन कोठे घर भत्काएछन् । पुरानो चिज केही छैन । सबै नयाँ भएछ । त्यही बेला भनेको थिएँ । हजुरले हातमा पहेँलो घडी साइकलमा हजुर र कपाल हल्लाएर पछाडि फाल्ने याद छ । दाजु भनेर हजुर हाँस्नु भयो । हजुरका घरमा मयुर नाच नचाएको हजुरले भिडियो खिचेको सबै मलाई याद छ । त्यो अमरावतीको घर बनाएको पनि मलाई याद छ ।

कहिलेकाहीँ पढाउँदा माड सापले फरक शैली अपनाउँछन् । सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक थानेश्वर लामिछानेले महेशविक्रमलाई सम्पर्क गरिदिनु एमएका विद्यार्थीसँग अडियो संवाद गराएर पढाउने मन लागेको छ भने पछि मैले समन्वय गराएँ  उहाँले अडियो क्लास चलाउनुभयो ।

म औपचारिक प्रवीणता पास थिएन तर साहित्यको संवाद म स्नातकोत्तरका सँग गएर शिक्षा क्याम्पसमा सहभागी हुन्थे । यो अभ्यासकै कुरो हो दाजु त्यस दिन म त्यहाँ थिएन नभए म पनि सहभागी हुन्थेँ होला  । हजुरसँगको अन्तरक्रिया फलदायी भएको  लामिछाने माड सापले जानकारी दिनुभएको थियो ।

कोभिडको बेला अनलाइन जुममा मैले तपाइलाई प्रश्न गरेको थिएँ हजुरले जम्मै कथा द्वन्द्वका लेख्नुभयो शान्तिका कथा कहिले लेख्ने भनेर त्यो बेला ।

अहिले समाज यति अशान्ति भएको बेला हजुरलाई भित्र खोरमा नै राखे पनि त्यो जति शान्ति अन्त छैन दाजु । अहिले गृह मन्त्रालयले निर्णय गरेर जेलमा विपश्यना चलाउने भनेको छ । घरहरू निर्माण हुँदै छन् । मैले भनेजस्तै विपश्यनामा ।  जेलैमा भए पनि बस्न परो दाजु पहिला आफैलाई शान्ति राख्नुपर्‍यो ।

आज म खुलेर लख्छु । मलाई २०६६ सालमा किन प हो आफ्नो पुरानो जीवमा फर्किए सबै दुःखका पहाड मात्रै छन् । दारु खाएर नेपालगन्जमा आफ्नै भाइले पिट्यो । आज बेकुफ त्यो बेला दार खान छुटाइदिनु पर्ने भन्दे छरे । आफूलाई शिक्षाका कारण हीनताबोध जगायो जसलाई अङ्ग्रेजी शब्द फ्रस्टेसन डिप्रेसन बनायो । म कसैलाई भन्न सक्दैनथे तर म साथी छोड्दैनथेँ कारण बाटोमा हिन्दा हिन्दै ढलेपछि त अस्पताल लिन्छन् नि त । मैले एक महिना योग गरे बिहान तीन बजे उठेर जान्थेँ । खजुरा शान्तिनगरदेखि भैरव स्थानसम्म । नाताले मामा किरण पन्तले योग चलाउनु भएको थियो । मैले एक महिना योग गरेपछि मैले दैनिक कामको लयमा मन र शरीरलाई ल्याएँ । काठमाडौँ आएको बेला  २०६८ जेठमा म मानसाग्नीलाई भेट्न गएँ यो समस्या खुलेर राखेँ ।  मानशाग्नीले  प्रपन्नाचार्य भेट्न सल्लाह दिनु भयो । मैले स्वामी प्रपन्नाचार्य पनि भेटे । मैले भने मलाई काले राई स्वामी प्रपन्नाचार्य कसरी भए थाहा छ त गुरु भनेर भनेँ । थाहा भए पनि गएर भेट्न भन्नुभयो । एक राजपरिषद्को सदस्य आश्रममा गएर खुम्चनु पर¥यो कतै विचलित भएनन् । मलाई मानशाग्नीले पुनर्जीवन दिनुभयो विपश्यनामा यो लेखक हो भनेर सिफारिस गरिदिनुभयो । म लुकेर बसेको थिए डा. दीपक र म सुर्खेतमा गर्ने राष्ट्रिय साहित्य महोत्सवको रकम जम्मा गर्न आएका थिएउँ । त्यो बेला मैले पत्रकारिता तालिम पाएँ हजुर जानु म पछि आउने भएँ भनेर ठगेर बसेको थिए ।

मलाई विपश्ना गरेपछि म नै संसार हाँक्न सक्छु भन्ने इच्छाशक्ति पलायो । मैले सुर्खेतमा भएको त्यो सात दिनको कामको भिडलाई रातदिन मैले समाल्न सके । उसरी हामी हजारकै मूल आयोजक समितिमा थियौँ, उप समिति  पनि थुप्रै थिए । जिम्मेवारी भन्ने कुरा जिम्मेवारी हो सातै दिन आयोजक मूल सदस्यको १५ जना सचिवालयको नाताले मैले छोड्न मिल्दैनथ्यो । हामीले आआफ्ना काम बाँडेको थियौँ । मेरो जिम्मा जनसम्पर्क र पाहुनालाई आवासको व्यवस्थापन थियो ।

देशभरिका साहित्यकारलाई मैले निम्ता दिएको थिएँ । तेरो सम्पर्क बलियो छ कसैलाई नछुटाएस् भनेर संयोजक डा दीपक गौतमले भन्नुभएको थियो । । यहाँसम्म कि दार्जिलिङ इन्द्रबहादुर राईसम्मलाई निम्ता दिएर संवाद गरेको छु । प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति गङ्गाप्रसाद उप्रेतीलाई नेपालगन्जबाट मैले रिसिभ गरेर लिएको थिएँ । तत्कालीन मध्यपश्चिमका पशु निर्देशनालयका निर्देशक अमर शाहले आफ्नै गाडीमा उपकुलपतिलाई ल्याइदिनुभएको थियो । कहिलेकाहीँ व्यक्ति रोजगारीको सिलसिलामा जागिर एक क्षेत्रको हुन्छ । रुचि अर्कै हुन्छ अमर शाह पनि कथाकार हुनुहुन्छ अस्ति मात्रै उहाँलाई मध्यपश्चिम साहित्य परिषद्ले सम्मान गरेको छ । त्यसैले म पनि अहिले ठुला बडा भन्नेलाई भेट्दैन दाजु म भुईँ मान्छेलाई भेट्छु । जो जसलाई भुईँको सुगन्ध थाहा छ । म अहिले गाउँ गाउँमा जान्छु फेसबुके हल्ला गर्दैन दाजु एक दुई वर्षमा तत्कालीन  मध्य र सुदूर आजको लुम्बिनी कर्णाली र सुदूरपश्चिमको भूगोल घुमेर सक्ने योजना छ । हल्ला किन गर्नु काम गर्ने हो दाजु ।

मैले हजुरको गनाएको चामल पढेको छु र पौ९मा शून्य समयमा त्यही कथा वाचन गरेको छु । बाख्राको खोर भित्रको घर  पढेको छु । मानौँ हजुरका सबै कथा आद्योपान्त पढेको छु । मात्रै भेटघाट पातलो भएको हो । हजुरको भेटघाट गर्ने लिएर पनि हजुरको आफ्नै खालको भएकाले हामी बेलामा भेट नभएको मात्रै हो ।  एउटा सल्लाह अलिकता स्वभाव परिवर्तन गर्नु पर्ला हजुरलाई तलका मान्छेले पनि भेट्न खोजेका हुन्छन् । पुलिसको जागिर एक घर व्यवहार चलाउन खाइएको थियो । खासमा म त्यही गाउँको एक भुईमान्छे हुँ भन्ने नबिर्सनुहोला सानालाई प्रेरणा दिनुहोला  । नभए म चार कक्षामा पढ्दाको हजुरको साइकल चलाएको लहरमा हिँडडुल गरेको सबै याद छ त तर भेट घाट प भएको थिएन अझै पनि कहिले काहीँ त म अमरावतीको बाहुन भाइ भनेर चिनाउनुपर्छ । ध्यान पनि कति रहोस् देश भरीकालाई चिन्नु छ ।

म हजुरलाई जानकारी नआएको एउटा कुरा गर्छु मैले २०५७ सालमा बुबालाई मलाई सानो काम कतै लगाइदिनु प¥यो भनेपछि जग्गा कति छ ? बरु म सस्तोमा जापान पठाई दिउँला जग्गा कति छ धितो राखेर भए पनि भन्नुभयो । त्यो समय द्वन्द्व थियो गाउँमा बस्न असहज भएकाले बुबा धनगढी वा काठमाडौँ लाई रमाना हुनु भएको थियो । त्यो बेला मतिले काम गरेर जापान गएको भए । म आज कहाँ हुन्थेँ होला कहिले काँहि  आफैmलाई प्रश्न पनि गर्छु ।

अब रह्यो हजुर भ्रष्टाचारी भएको खबर कलङ्क कहिले काहीँ लाग्छ दाजु कहिलेकाहीँ नखाएको विष पनि लाग्छ । सबैलाई हजुरले पनि खुसी नबनाउनु भएको हुन सक्छ । शत्रु कथा पढ्नै भएको होला ।

मैले हजुरलाई भनेको थिएँ दाजु फैसलाले सजाए तोके पछि जे तोके पनि विचलित नहुनुहोला । तपाइलाई यो दुईचार रुपैयाँ मा दायाँ बायाँ गर्नुपर्ने म देख्दैन । एक संस्कार हुन्छ । सुरतबहादुर शाहको संस्कार र त्यो वंशको सन्तानले यो कर्म गरिरहनु पर्दैन । डुडेझारी टीकापुर रोडमा भएको अरूले लगाउने दशौँ बिगाहा जमिन आफूले खेती लाउन नसकेर अरूले खेती लाएका कसले देख्नु दाजु ।

मैले महेशविक्रमको बचाउमा यो लेखेकै हैन । सबैले बलेको आगो ताप्छन् दाजु । म उमेरले सानो भए पनि अलिकता यो आत्तिने डराउने बानीबाट म मुक्त भएकाले हजुरलाई म लेख्दै छु । म वर्षैदेखि विपश्यना गर्छु त्यसले सिकाउने भनेको बर्तमानमा बाँच्न दाजु । हामी गएको समयको व्याख्या गरी रमाउँछौँ । आउने समयको व्याख्या गर्छौँ । तर वर्तमानमा राम्रो र आज र अहिलेको समयमा बाँच्दैनौ । हामी बाँच्नु पर्ने भनेको अहिलेको समयमा हो ।

विपश्यनामा एक प्रवचन छ । दाजु एक जना कैदी सात वर्षमा निर्दोष साबित हुन्छ । तर उसले भन्छ म निर्दोष थिएँ भने आजसम्मको मेरो खाना पिना निन्द्रा किन हराम गरिस् प्रकृति भन्छ । त्यस्तै गरी हजुरको हातमा हतकडी लगाएर लग्यो भने पनि एक रति विचलित नहुनुहोला भनेर मैले जसरी भनेको थिएँ त्यो विचलित नहुनुहोला । सिङ्गो मान्नमी हजुरका विरुद्धमा भए पनि मेरो धारणा बदलिएन हिजोको जो महेशविक्रम हो मसँग अहिले यो फैसला सुन्दा पनि मेरो धारणा बदलिएको छैन ।

 

म हिजो कता कता व्यस्त भएँ दाजु अनि त्यो पूर्ण पाठमा के आयो जानकारी नपाएको अहिले मैले केही समाचारका लिङ्क हेरे तै पनि मेरो धारणा बदलिएको छैन । हजुरले कुनै हालतमा विचलित नहुनुहोला हतकडी लाएर लिएछ भने पनि हाँसी खुसी जानुहोला । एक दिन सत्यको विजय हुनेछ । त्यो दिनसम्म पर्खनु पर्छ एक दिन हजुर निर्दोष साबित हुनुहुने छ । मलाई आत्मविश्वास छ । जो हजुरको भनाई पनि नराखी एकतर्फी समाचार लेख्नेहरू स्कुप मार्ने समाचार लेख्नेहरू भोली लज्जित हुनेछन् । धैर्य गर्नुहोला दाजु । सबैले बलेको आगो ताप्छन् दाजु धारणा बदल्छन् म निभेको आगो पनि ठोस ठास गरेर बाल्ने प्रयत्न गर्छु  फरक यही हो । म घर गएको बेला बुबा मुवालाई भेटेर केही नआत्तिनुहोला भनेर सम्झाएर आएको छु मैले हजुरलाई भनेको थिएन यही पत्र मार्फत भन्दै छु ।

 

हो समाजको प्रतिष्ठित मान्छे एकै पलट यस्तो सन्देश बाहिर जाँदा धारणा बदल्नु स्वाभाविकै हो  ।

 

 

 

यो धारणा पनि समय अनुसार हुन्छ । अहिले धारणा बदलेकालाई धारणा फेरी अर्को सकारात्मक धारणा बनाउनलाई  समय लाग्छ दाजु ।  विचलित नहुनुहोला आजको ब्रम मुहूर्तमा हजुरको सजायको समाचार पढेँ ।  मलाई कुनै तरङ्गित बनाएन मैले विश्वास गरेको छु । महेश दाजु एक दिन निर्दोष साबित हुनुहुने छ । भलै हजुरले त्यो तीन वर्ष खोरमा बस्नु परे पनि हामी धारणा बदल्ने छैनौ अहिलेका भन्दा उम्दा कथा लेखेर समाज रुपानन्त्रणमा एक इँटा अरू थप्नुहुने छ भन्ने लागेको छ ।

 

महेशविक्रमलाई म के सुझाव दिन सुकला तर आजको बिहानको लेखाई यस्तै रह्यो । मेरो आग्रह छ आमा बुबा पनि विचलित नहुनुहोला  । उहाँको बारेमा विद्यावारिधि गरिसहनु भएका शोधार्थीले पनि धारणा नबदल्नुहोला । मनमा कहिलेकाहीँ लाग्न सक्छ मेरो शोध नायक पनि यस्तो …भन्ने त्यो एक रति मनमा नलिनुहोला आफ्नो काम गर्दै गर्नुहोला । हाम्रो धर्म भनेको निभेको आगो बाल्ने हो । बलेको आगो ताप्ने आगो निभेपछि झन् पानी खन्याउने हैन । नकारात्मक लेख लेख्ने समाचार कसले के लेख्छ त्यो पनि खोजी नगर्नु होला । त्यसले आकाश खस्दैन धर्ती भासिँदैन दाजु । मात्रै मनलाई शान्ति राख्नुहोला । अहिलेलाई बिदा मागे दाजु   । शुभ बिहानी ।

 

उही अज्ञानी भाइ वाशिष्ठ

अल्प विद्या भयंकरम

सरगम निवास, कीर्तिपुर

२०८० पुस २६ बिहान ब्रह्म मुहूर्त

  • लेखक ः गोरखापत्र राष्ट्रिय दैनिक नयाँ नेपाल बहु भाषा संस्करण अन्तरगत खस जुम्ली भाषाका संयोजक हुन् ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...