काठमाडौँ, २५ पुस । बागमती प्रदेश क्रिकेट एसोसिएसनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका टिमको घोषणा गरेको छ । बुधवार रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
बागमतीको टिममा रित गौतम (कप्तान) आशुतोष घिरोइया, ईशान पाण्डे, रबिन जोशी (विकेट किपर), विवेक राना मगर, प्रतीक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य रहेका छन् ।
त्यस्तै बागमतीले सन्देश कार्की, गौरव खड्का (विकेट किपर), दीपेश श्रेष्ठ र कृष कार्कीलाई रिजर्भमा राखेको छ । बागमतीको प्रशिक्षकमा कलाम अलि र टेक्निकल एनालिस्टमा राजन शाह रहेका छन् ।
यस वर्षको पीएम कप पुस २८ देखि माघ २० गतेसम्म प्रतियोगिता सञ्चालन हुँदै छ । यस प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिँदै छन् ।