Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मङ्गलवार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।

 

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।

 

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१ -०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ। यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर-२२ बुङमती बस्ने बौद्ध श्रवण धर्म सङ्घ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।

 

उक्त गाडी धुम्बाराही स्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड  नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ। उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।

 

बरामद अन्य सामानमा मोटरसाइकलका बिल बुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेन ड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आई प्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ।

 

बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभि...
विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु न...
गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपाल...
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कल...