Gyaan Ghar

Advertisement

प्रलेसले अन्तर्राष्ट्रिय कविता महोत्सव गर्ने

काठमाडौँ, पौष २४ । प्रगतिशील लेखक सङ्घले इलामको पर्यटकीय क्षेत्र, श्रीअन्तुमा अन्तर्राष्ट्रिय कविता महोत्सव गर्ने सङ्घका महासचिव डा.देवी दुलाल द्वारा जारी प्रेस वक्तव्यमा जानकारी जनाइएको छ । सङ्घको राष्ट्रिय परिषद् बैठक समेत गर्ने गरी नेपालको पर्यटकीय क्षेत्र इलाममा सो कार्यक्रम गर्ने तयारी गरिएको वक्तव्यमा उल्लेख छ ।
सङ्घको पौष २४ गते काठमाडौँको बागबजारस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा बसेको सचिवालय बैठकले नेपाल, भारत, बङ्गलादेश, भुटान लगायत विभिन्न देशका लेखक तथा कविहरूलाई बोलाएर कार्यक्रमलाई ऐतिहासिक रूप दिने वक्तव्यमा उल्लेख छ । ऐतिहासिक महोत्सवलाई सफल पार्न अहिलेदेखि नै प्रचार प्रसार तथा व्यवस्थापनको तयारीमा लागिएको महासचिव डा.दुलालले ज्ञानघरलाई बताए । कविता महोत्सवको मिति छिटै निर्धारित गर्ने समेत जानकारी गराइएको छ । बाल साहित्यकार शान्तदास मानन्धर प्रति श्रद्धाञ्जली प्रकट गर्दै बैठकले प्रलेस २९ अङ्क, रारा विशेषाङ्कको रूपमा प्रकाशित गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...