Gyaan Ghar

Advertisement

नेपाली यू-१९ टिमको स्कटल्यान्डमाथि फराकिलो जित

काठमाडौँ, २४ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछाएको स्कटल्यान्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।

यस अघि नेपाल यू- १९ टिमले पहिला ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको छ । नेपालका लागि गुलशन झाले ११४ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै दीपक बोहराले नट आउट ५८ रन बनाएका थिए ।

नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यु जिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...