Gyaan Ghar

Advertisement

विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो ः मसाल

काठमाडौँ, पौष २० ।   भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौताको सर्वत्र विरोध भइरहेको छ । सो सम्झौताबाट देशको राष्ट्रियता, अखण्डता तथा सार्वभौमिकतामाथि नै आँच पुग्ने भन्दै विरोधको आवाजहरू उठिरहेको छ । यसै सन्दर्भमा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीले सो सम्झौताको भर्त्सना गर्दै एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

नेपाल–भारत बिच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनका लागि भएको सहमतिमा  भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने उल्लेख छ । त्यसबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । नेपाल सरकारले त्यसरी नेपालका विभिन्न विकास योजना, आन्तरिक मामिला र लगानी सम्बन्धी भारतलाई रकम बाँड्नका लागि अधिकार दिने भनी भएको सहमतिले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि गम्भीर प्रहार गरेको कुरा स्पष्ट छ । भारतले नेपालका विभिन्न विकास योजनामा त्यसरी सिधै लगानी गर्न पाउनु भारतीय प्रभावलाई बढाएर लैजानु हो । विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो । त्यसरी त्यो सहमति देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियताका विरुद्ध रहेको कुरा स्पष्ट छ ।  हामीले त्यो राष्ट्रघाती सहमतिको विरोध गर्दछौँ र त्यसलाई रुद्ध गर्नका लागि माग गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...