काठमाडौँ, २० पुस । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरूसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
महासचिव शङ्कर पोखरेलले बैठक पछि दिएको जानकारी अनुसार बैठकले तुलसीप्रसाद न्यौपाने, राम अवतार यादव, केशवराज पाण्डे, विनोद शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए ।
महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए।