health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । पारिजात स्मृति केन्द्रको आयोजनामा यही २०८० साल पुस १३ गते साहित्यमा शान्तदास’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्यकार शान्तदास मानन्धरका व्यक्तित्वका विविध पाटाहरूमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना विचारहरू राखेका थिए । विचार राख्ने क्रममा मार्क्सवादी चिन्तक निनु चापागाईँले शान्तदास मानन्धरको बालसाहित्यकार रूपमा बढी चर्चा भए पनि साहित्यका अन्य विधामा पनि महत्त्वपूर्ण योगदान रहेको बताए ।
त्यसै गरी अर्का वक्ता मार्क्सवादी चिन्तक रामराज रेग्मीले ‘प्रगतिवादी साहित्य र वाम राजनीतिमा शान्तदासको योगदान’ विषयक आफ्नो विचारपत्र प्रस्तुत गर्दै सत्ताधारीहरूले चिन्न नसके पनि शान्तदास जनताको हृदयमा बस्न सफल भएको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाल भाषाका प्रसिद्ध साहित्यकार मल्ल के सुन्दरले वि. सं. २०२२ सालदेखि सामाजिक जागरणको अभियानमा शान्तदास जहिले पनि र जस्तोसुकै परिस्थितिमा उत्तिकै सक्रियताका साथ अघि बढेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले चीनका प्रसिद्ध साहित्यकार लुसुन र शान्तदास मानन्धरका केही स्वभावहरू मिल्दोजुल्दो रहेको आफूलाई लागेको बताए ।
साहित्यकार डा. यादेवी ढकालले शान्तदास मानन्धरले बालसाहित्यमा पुर्याउनुभएको योगदानको विशेष चर्चा गरिन् ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन स्मृति केन्द्रका सदस्य सीता शर्माले गरेकी थिइन् ।