Gyaan Ghar

Advertisement

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

काठमाडौँ, १४ पुस । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो।

पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशी र रसिद खानले २-२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शङ्कर रानाले १९, दिलीप नाथले १७ र कप्तान आफिस सेखले १६ रन बनाएका थिए।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...