Gyaan Ghar

Advertisement

आप्रावासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति

मेक्सिको सिटी, १३ पुस । मेक्सिकन र अमेरिकी अधिकारी  सीमा खुला राख्न सहमत भएका छन् ।

 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै सङ्ख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन ।

 

हाल धेरै प्रमुख रेल क्रसिङहरू अस्थायी रूपमा बन्द भएका छन् ।

 

‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’

 

लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए ।

 

आप्रवासीहरूको ठुलो समूह बिस्तारै संयुक्त राज्य अमेरिकामा प्रवेश पाउने आशा लिएर सीमातर्फ अघि बढिरहेको बेला यो वार्ता भएको हो। लोपेज ओब्राडोरले भने, ‘अन्तिम गणनामा कारवाँमा करिब १५ सय आप्रावासीहरु रहेका थिए ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...