Gyaan Ghar

Advertisement

महिला लिएर होटेल गएका पुरुषको मृत्यु

मुकेशकुमार यादव

सिराहा, ११ पुस । सिराहाको मिर्चैया स्थित एक होटेलमा गएको केही बेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटेलमा बुधवार मध्यान्ह १२  बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।

 

महिलासहित उनी होटेलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आए लगतै हामी सबै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’

जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको छ । त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए ।

अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताउँदै डिएसपी बस्नेतले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घरपरिवारका व्यक्तिहरू आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि पठाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...