Gyaan Ghar

Home

Advertisement

प्युठानमा गाडी दुर्घटना, १५ जना घाइते

बुटवल, ११ पुस । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको  गाडी दुर्घटनामा परेको छ । बुधवार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो।

दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ। कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीय श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार घाइते भएको प्रहरीको भनाइ छ।

कपिलवस्तुको  शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार घाइते भएका छन्। यस्तै सोही ठाउँका १४ वर्षीय निम बहादुर सुनार, १६ वर्षीय हुकुम बहादुर सुनार, २० वर्षीय सावित्रा सुनार छन्।

यस्तै घाइते हुनेमा दाङको राप्ती गाउँपालिका २ लाल मटिया ३५ वर्षीय जानकी आचार्य, कपिलवस्तु नगरपालिका ९ का ६७ वर्षीय यमलाल जोशी रहेका छन्। यस्तै रुपन्देही गैँडाहवा गाउँपालिका २ का  ४६ वर्षीय  विष्णु माया गिरी, प्युठानको बाग्दुला नगरपालिका ९ का १९ वर्षीय सृष्टि आले, कपिलवस्तु बाणगंगा नगरपालिका-८ का ७० वर्षका झक्कु प्रसाद उपाध्याय,   कपिलवस्तु नगरपालिका ९ का ५८ वर्षीय निम प्रसाद खनाल रहेका छन् ।  घाइतेहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीत...
दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौँ । दक्षिणी इटालीको तटमा दुई वटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । जर्मन प...
एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्था (एनजिओ) को सहयोग नलिन संसदीय समि...
काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search