Gyaan Ghar

Advertisement

मानिस किन २०० वर्षसम्म बाँच्दैन, वैज्ञानिकहरू भन्छन्, – ‘कारण हो डायनोसर’

काठमाडौँ, १० पुस । मान्छे सय वर्ष बाँच्यो भने ठुलो कुरा हो । गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ वर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ ।

 

तर के तपाईँले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त ? हालै एउटा नयाँ अनुसन्धानले यसको सबन्ध डायनोसर सँग देखाइएको छ ।

 

बर्मिङ्घम विश्वविद्यालयका प्रोफेसर जो आओ पेड्रो डे म्यागाल्हेसले आफ्नो सिद्धान्तमा यो डायनासोर सँग सम्बन्धित हुनसक्ने बताएका छन् । यस सम्बन्धी जानकारी बायो– एस्से जर्नलमा प्रकाशित भएको छ । यसमा भनिएको छ कि १० करोड वर्ष पहिले डाइनोसरहरूले स्तनधारी प्राणीहरूलाई विकास गर्न लगाएको दबाबले उनीहरूको जीवनकालमा असर गरेको थियो।

 

सो अनुसन्धान रिपोर्टका अनुसार मेसोजोइक युगमा डायनासोरहरूको प्रभुत्व थियो। प्रारम्भिक स्तनधारीहरू निरन्तर खतरामा थिए। आफ्नो अस्तित्व कायम राख्न तिनीहरूले छिटो प्रजनन गर्न आवश्यक थियो। यस निरन्तर दबाबको कारण प्रारम्भिक स्तनपायीहरूमा दीर्घायुसँग सम्बन्धित जिनहरू हराए वा निष्क्रिय भए।

 

अनुसन्धान अनुसार सरीसृप र उभयचर प्राणी स्तनपायी प्राणीभन्दा लामो समयसम्म बाँच्न सक्ने बताएको छ । विशेष कुरा यो हो कि तिनीहरूले बुढ्यौलीको लक्षण पनि देखाउँदैनन् जबकि स्तनधारी जनावरहरूमा पनि बुढ्यौली देखिन थाल्छ।

 

प्रतिवेदनमा भनिएको छ कि मानिस सबैभन्दा लामो समयसम्म बाँच्ने स्तनधारी जनावर मध्ये एक हो। तर, यदि मानिसलाई सरीसृपसँग तुलना गर्ने हो भने तिनीहरू चाँडै बूढो देखिन थाल्छन्। मेसोजोइक युगमा भएको आनुवंशिक समस्याले हामी मानिसकाे आयु रोकेको वैज्ञानिकहरूको भनाइ छ।

 

आज प्रविधि र विकासका कारण मानिस शक्तिशाली बनेको भए पनि लाखौँ वर्ष अघि स्तनधारी प्राणी खाद्य शृङ्खलाको तल्लो तहमा थिए । डायनासोरको खतराको बिचमा स्तनधारी प्राणीहरू विकसित भए। रिपोर्टका अनुसार स्तनधारी प्राणीले लामो जीवन बाँच्नुभन्दा प्रजननलाई प्राथमिकता दिएका कारण मानिसहरू पनि त्यसैमा परे । त्यसैको नतिजा आज मानव, ह्वेल र हात्ती जस्ता धेरै स्तनपायी प्राणीहरूले देखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...