Gyaan Ghar

Advertisement

मध्य नाइजेरियामा सशस्त्र समूह द्वारा १६० जनाको सामूहिक हत्या

नाइजेरिया, १० पुस । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ ।

 

धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कको तुलनामा मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

 

बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिँदै भनेका छन् कि ‘शनिवारको युद्ध सोमबार बिहानसम्म जारी रहँदा कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’

 

कासाहका अनुसार उक्त सैन्य गिरोहलाई स्थानीय रूपमा ‘डाकूँ’ भनेर चिनिन्छ। ‘तिनीहरूले कम्तीमा २० विभिन्न समुदायहरूमाथि आक्रमण गरे र घरहरूमा आगो लगाए,’ उनले भने, ‘हामीले ३०० भन्दा बढी घाइते व्यक्तिहरू भेट्टायौँ, जसलाई बोकोस्, जोस र बर्किन लाडीका अस्पतालहरूमा लगिएको छ ।’

 

राज्य संसद् सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका धेरै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उनले आक्रमणको निन्दा गर्दै सुरक्षा निकायलाई तुरुन्त कारबाही गर्न आग्रह गरे। ‘हामी यी मृत्युका व्यापारीहरूको रणनीतिमा झुक्ने छैनौँ, हामी न्याय र दिगो शान्तिको खोजीमा एकजुट छौँ,’ चोलोमले भने।

 

बोक्कोस क्षेत्रमा सुरु भएको आक्रमण छिमेकी बार्किन लाडीसम्म फैलिएको थियो, जहाँ ३० जनाको मृत्यु भएको थियो । स्थानीय अध्यक्ष डन्जुमा डाकिलेका अनुसार यो क्रम शुक्रवार देखी सोमबार बिहानसम्म नै जारी रह्यो ।

 

आइतबार सो राज्यका गभर्नर कालेब मुटफवाङले हिंसाको निन्दा गर्दै यसलाई ‘बर्बर, क्रूर र अनुचित’ भन्दै टिप्पणी गरेका थिए, उनले सो हत्याकाण्डमा संलग्नहरूलाई कारबाही गर्नेसमेत जनाएका थिए ।

गभर्नरका प्रवक्ता ग्याङ बेरेले भने, ‘निर्दोष नागरिकहरू विरुद्ध जारी आक्रमणहरू रोक्न सरकारद्वारा सक्रिय कदम चालिनेछ।’

 

नाइजेरियाको अधिकांश मुस्लिम उत्तर र मुख्य रूपमा इसाई रहेको दक्षिणी बिचको विभाजन रेखामा रहेको क्षेत्रको स्रोतका अनुसार सोमबार दिउँसो पनि बन्दुकको आवाज सुनिएका थिए । मुशु गाउँका बासिन्दा मार्कस अमोरुडुले यसरी भयानक गोली चलाउँदा मानिसहरू सुतिरहेको अवस्थामा रहेको बताए।

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...