Gyaan Ghar

Home

Advertisement

ज्ञानशाला उद्बोधनको पहिलो शृङ्खला सम्पन्न

काठमाडौँ, पौष ७ गते । विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई एकै ठाउँमा जमघट गराएर सिर्जनाको प्रस्फुटित गर्ने उद्देश्यका साथ ज्ञानशाला अनुसन्धान केन्द्रले ज्ञानशाला उद्बोधन कार्यक्रमको सुरुवात गरेको छ । पौष ७ गतेका दिन अनुसन्धान केन्द्रको हलमा भएको पहिलो शृङ्खलामा विभिन्न साहित्यिक व्यक्तित्वहरूमा कविता, गजल, मुक्तक, गीत, हाइकु प्रस्तुत गरिएको थियो ।
उद् बोधन कार्यक्रममा पेरिशा भट्टबाट मनका रङ्गहरू, दुर्गा तिवारीबाट कवि महोदय, डा.कौशिला रिसालबाट अह म झुक्दिन अब, मिसन अधिकारीबाट एउटा सादा कागज बदल्न लेख कविता प्रस्तुत भएको थियो । त्यस्तै विमला दाहालबाट पल पलको हिसाब शीर्षकमा गजल, राजेन्द्र अधिकारीबाट तीन वटा मुक्तकहरू तथा डा.चूडा ढकालबाट तीन वटा हाइकुहरू प्रस्तुत गरिएको थियो । समीर सिंहबाट चुनौतीहरूबाट निराश होइन शीर्षकमा गीत वाचन गर्नुभएको थियो ।
अनुसन्धान केन्द्रका अध्यक्ष भोला ढकालको अध्यक्षतामा भएको उद्बोधन कार्यक्रमको सहजीकरण मिसन अधिकारीले गर्नुभएको थियो । विभिन्न साहित्यिक रचनाहरूमाथि डा.चूडा ढकाल र डा.नवराज लम्सालले समीक्षा गर्नुभएको थियो । कवि लम्सालले कविता, छन्द कविता, गीत समेत वाचन गरेर कार्यक्रमलाई  साहित्यमय बनाउनु भएको थियो । आफ्नो समीक्षा मन्तव्यमा कवि लम्सालले साहित्य लेखन सम्बन्धी आफ्नो अनुभूति साझा गर्दै निरन्तर साधनाले मात्र सफलता प्राप्त गर्ने सक्ने बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीत...
दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौँ । दक्षिणी इटालीको तटमा दुई वटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । जर्मन प...
एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

एनजिओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन

काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्था (एनजिओ) को सहयोग नलिन संसदीय समि...
काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search