काठमाडौँ, ६ पुस । वेस्टइन्डिजले ईङल्याण्ड विरुद्धको टी- २० सिरिज जितेको छ ।
गए राती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो ।
ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिङ गर्दै ईङल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै १३२ रन बनाएको थियो ।
योसँगै वेस्टइन्डिजले ईङल्याण्ड विरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।