Gyaan Ghar

Advertisement

अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

धनगढी, २९ मङ्सिर । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनशन बस्न गएका केसी अनशन नबसेरै फर्किएका छन्। अनशन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनशन नबसेरै फर्केको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए।

‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, उनले भने। डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राख्नु भएको छ।

‘जबकि गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भन्ने हाम्रो आग्रहलाई डाक्टर केसीले मान्नु भएन र उहाँ फर्किनु भयो,’ सङ्घर्ष समितिका संयोजक पाण्डेले भने। डाक्टर केसीका सबै विषयप्रति हाम्रो समर्थन छ।

डाक्टर केसीले सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुगाउनुपर्ने माग अघि सारेका छन्। त्यस्तै यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन भन्ने उनको अर्को माग छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...