काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बुधवारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।
दुई साताअघि १२ मङ्सिरमै सार्वजनिक सूचना निकालेर २७ मङ्सिर बुधवारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधवारदेखि महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध भएको छ ।
कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।