Gyaan Ghar

Advertisement

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।

समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, – `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ । ”

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गर्नुभयो । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आउनुभएका अध्यक्ष ओलीले व्यंगात्मक शैलीमा भने –“विकासमा भइरहेको ढिलासुस्ती बारे म प्रधानमन्त्री संग कुरा गर्छु । हिजो वहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुदै म आएको हु । १०० किलोमिटर हिडेकी भनेको त १६ किलोमिटर पो रहेछ ।´

अन्तरक्रिया कार्यक्रममा गोरखाका स्थानीयहरुले अध्यक्ष केपी शर्मा ओली संग विकास निर्माण सम्वन्धी विभिन्न मागपत्रहरु बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...