Gyaan Ghar

Advertisement

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

मङ्सिर २०, काठमाडौं । उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ।

यसअघि गत मंसिर १५ गते पुनरावेदन उपरको सुनुवाइमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा विषयमा राय बाझिएपछि तेस्रो बेञ्चबाट निर्णयमा पुगिने आदेश भएको थियो।

सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा नगर्ने विषयमा मत बाझिएको थियो।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने र अर्का न्यायाधीश खरेलले नामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...