Gyaan Ghar

Advertisement

युरोकपमा छानियो क्रोएसिया

काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो ।

 

क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ ।

 

यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।

 

त्यस्तै समूह डी बाट टर्की र क्रोएसिया छनौट भएका छन् । त्यसै गरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाट बेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसै गरी समूह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समूह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।

 

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अङ्कसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्ले अफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।

 

अब तीन स्थानका लागि प्लेअफमा पोल्यान्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्यान्ड, युक्रेन, आइसल्यान्ड, गर्जिया, ग्रिस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...