Gyaan Ghar

Advertisement

नेपालको सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...