Gyaan Ghar

Home

Advertisement

पाठशाला कि मातशाला

Advertisement



* नारायण ढकाल


पाठशालालाई
मनमौजी भट्टी बनाएर
युरिया मलको लोकल ठर्रा
घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै
वेश्या चरित्रलाई पनि उछिनेर
दलालहरूसँग बोलकबोलमा व्यस्त
सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका
सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका
निर्लज्ज दृश्यहरूले
लाज पस्कँदै छन्।

स्खलित चरित्र र विकृत मनस्थितिको
बिस्कुन सुकाएर
सार्वजनिक ठाउँमा
मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै
मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर
मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै
चोर जुवा खेलेर पाठशालामा
सर्वसाधारणका घरहरूमा
आतङ्क मच्चाउँदै
चीरहरणको बीभत्स खेलो खेल्दै छन्।

अभिशप्त बाटा घाटाहरूमा
मालिकलाई पगरी गुथाउने दौडमा
बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै
विनाशकारी भेडे यात्राको पदचापभित्र
मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका
विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू
लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै
अनेक शब्द जालमा स्तुति गान गर्दै छन्
र, प्रकम्पनले
आस्था र विश्वासको धरहरा ढलेको छ
पाठशाला, मातशाला बनेको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search