Gyaan Ghar

Advertisement

इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

 

 

गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ ।

हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् ।

‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो ।

साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायली सहर अस्केलोनमा १५० रकेट प्रहार गरेको छ । अश्कलोनबाट प्राप्त तस्बिरहरूमा रकेटहरू खसेको देख्न सकिन्छ। हमासले आक्रमण गर्नुअघि सहरमा साइरन पनि बजिरहेको सो मिडियाले जनाएको छ ।

उता, जारी युद्ध रोकिने कुनै छाँटकाँट नदेखी रहेको बेला इजरायली ट्याङ्कहरू गाजा सीमातर्फ अघि बढिरहेको जनाइएको छ । इजरायली सेनाले गाजापट्टी नजिक ३ लाख सैनिक तैनाथ गरेको छ । अहिले क्रमशः ट्याङ्क पनि यही दिशामा पठाइँदै छ । इजरायली सेनाले स्पष्ट रूपमा हमासलाई समाप्त गर्ने बताए पछि आक्रामक रूपमा इजरायल युद्धमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...