Gyaan Ghar

Advertisement

प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

आश्विन २२, काठमाडौँ । ‘इजरायल र प्याष्टाइनबिचको युद्ध आतङ्कवादी युद्ध नभएर राजनैतिक समस्या हो । यो समस्यालाई वार्ता द्वारा समाधान गर्नुपर्दछ अन्यथा यसले विश्व युद्धको स्थिति सिर्जना गर्न सक्छ’ – भन्छन् वामपन्थी बुद्धिजीवी योगेन्द्र ढकाल ।
आश्विन २२ गतेका क्यापिटल एफएमसँग कुरा गर्दै बुद्धिजीवी ढकालले, ‘नोभेम्बर २९, १९४७मा संयुक्त राष्ट्र सङ्घमा इजरायल र प्यालष्टाइन बिचको समस्यालाई दुई राज्यको प्रस्ताव पारित भएको’ बताउँदै उनले ‘इजरायले त्यो प्रस्तावलाई कार्यान्वयन नगर्दा युद्धको स्थिति निम्तिएको र अहिलेको युद्धको जिम्मेवार पनि इजरायल नै हो ।’
बुद्धिजीवी ढकाल भन्छन् ‘या त संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौतालाई मान्दैनौ भन्नुपर्‍यो होइन भने त्यसलाई इमानदारीका साथ पालना गर्नुपर्‍यो ।’ उनी भन्छन्, ‘दुई राज्यको सिद्धान्तलाई बेवास्ता गर्दै बर्षौ देखि प्लाटेस्टाइनको सार्वभौमिकता माथि आक्रमण गर्नु बेइमानी हो । विशेष गरेर अमेरिकी साम्राज्यवादको इशारामा प्यालेष्टाइनको राष्ट्रियतामाथि दमन भएको छ ।’
रुस–युक्रेन युद्धको सन्दर्भमा नेपाल सरकार युक्रेनको पक्षमा उभिनु गलत भएको भन्दै बुद्धिजीवी ढकालले ‘नेपाल सरकारले प्यालाष्टानीहरुको युद्धलाई आतङ्कवादी भन्नु गलत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...