काठमाडौँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालो मोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।
प्रसाईँले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालो मोसो दलेका थिए।
प्रसाईँले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।
देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रङ्ग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।
प्रसाईँ आफैँले गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने भनेर ‘कालो मोसो दस्ता’ घोषणा गरेका थिए।