Gyaan Ghar

Home

Advertisement

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

Advertisement
काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ ।
कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ र २०८०को लागि प्रा.डा.नरेन्द्र नायकलाई एकमुष्ट रूपमा सम्मान गर्न लागिएको पनि वहाँले ज्ञानघरलाई बताउनुभयो ।
स्रष्टा, अनुवादक एवं मानववादी बालकृष्ण श्रेष्ठ‘नेभा’ले आफ्नो मातापिताको नाममा स्थापना गरेको संस्था वंश–रत्न स्मृति कोषले ‘मानववादी काम गर्ने र अभियान चलाउने व्यक्तित्वहरूलाई प्रोत्साहन तथा सम्मानको लागि स्मृति कोष गठन गरिएको’ बताउनु भयो ।
स्मरण रहोस् , मोहनविक्रम सिंह र श्याम श्रेष्ठले दार्शनिक भूमिकाबाट समेत नेपाली भूमिमा क्रियाशील हुनुहुन्छ भने प्रा.डा.नरेन्द्र नायक, विशेष गरेर साईबाबाको अन्धविश्वासका विरुद्ध भारतमा सामाजिक अभियन्ताको रूपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search