Gyaan Ghar

Home

Advertisement

मेरी आमा र मेरो जन्मभूमि

Advertisement
* खगेश्वर ढकाल
पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् ।
कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि गनी नसक्नु म्वाइँ खान्थिन् । म ठुलो हुँदै गएर पलापिन थालेँ । आमा फकाइ फकाइ खाना खुवाउँथिन् । मेरी आमा मेरो मुहार देखेर दङ्ग पर्दै म्वाइँ खाइरहन्थिन् । मेरी माताको मैले ऋण तिरेर कहिल्यै सक्दिन होला ।
स्वर्ग भनेको कस्तो होला कस्तो कसैलाई थाहा छैन । मैले स्वर्ग देखेर आएँ भन्ने पनि कोही छैन । स्वर्ग वैकुण्ठ भनेको मातृभूमि नै हुन् । जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी । जब म स्कुल जान थालेँ म मेरी आमाको पाउमुनि दुई हत्केला राखेर शिरले दण्डवत् गर्थे। उहाँले मलाई मुरी मुरी आशीर्वाद दिनुहुन्थ्यो । मेरी आमाले मेरा बाबाको आँखा कान छलेर खल्तीमा पैसा राखिदिनु हुन्थ्यो म त्यस बेला ज्यादै खुसी भएर स्कुलतिर दौडन्थेँ ।
अहिले म कहाँ पाऊँ मेरी आमालाई ? अहिले कल्पना गरौँ, जन्मभूमि र आमामा । हामी रुख, मोटर, डुङ्गा, जहाज, रेल इत्यादिमा सवार गरौँ हतार हतार कहिले त्यहाँबाट ओर्लिएर धर्तीमा पाइला राखौँला जस्तो हुन्छ । जब हामी ओर्लन्छौँ । आहा ! कति आनन्द अर्थात् कस्तो रमाइलो ! अहा कस्ती रहिछन् भूमि ! त्यस्तै टाढा टाढाबाट डुलेर घरमा आउँदा चन्द्र सूर्यको जस्तो मुहार पारेर भारी भारी आशी दिनुहुन्थ्यो मेरी आमाले । धन्न मेरी आमा धन्न मातृभूमि । सूर्यको प्रकाश जस्तो काँचको टीका निधारमा लगाएको दृश्य देख्दा अहिलेसम्म मलाइ आमाको झझल्को लागि रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search