wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हुनु भएको छ । लामो समयदेखि मुटु , पायल्स र प्रोस्टेट रोगबाट पिडित वहाँ विगत १६ दिनदेखि टीचिगमा भर्ना भएर उपचार गराई रहनुभएको छ । नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख छ ।
वि.सं.१९९६ सालमा प्युठानको तिघ्रामा जन्मीनु भएका नेता आचार्य कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आउनु भयो । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । भूमिगत कालमा वहाँ, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर के.सी., लीलामणि पोख्रेल लगायतका नेताहरूको वहाँको कैलालीको पुछरीमा रहेको घरमा वासस्थान हुने गर्दथ्यो । वहाँ दुखेसो गर्नुहुन्छ, ‘परिवर्तनको लागि नेपालमा धेरै आन्दोलन र युद्धहरू भए तर कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि भ्रष्ट राजनीतिमा लिप्त भए । केही ठुला नेतालाई त परिवर्तन आयो होला तर आम जनतालाई आएन ।’