Gyaan Ghar

Advertisement

विशेषणको भारी

  • शान्ति प्रियवन्दना 

 अन्याय हो 

 जान्दा जान्दै पनि 

  नबोल्नु मै कल्याण देख्ने 

 हजुरआमालाई सोध्थेँ म

 हजुरआमा 

  तपाईँलाई पटक्कै रिस 

उठ्दैन ?

 किन ? 

 केही बोल्नुहुन्न ?

 

 हजुरआमा भन्नुहुन्थ्यो 

 मेरी प्रिय नातिनी

 आइमाई त धर्ती हो 

 म त्यही धर्ती बनेको हुँ 

 आज मलाई पनि

 फूल भन्छन् 

जून भन्छन् 

आकाश भन्छन् 

धर्ती पनि भन्छन् 

 र, चाहन्छन् 

 म पनि फूल, जून, आकाश र 

धर्ती बनूँ 

मेरी आमालाई नि यसै भन्थे 

मेरी आमाबाट पनि यस्तै, यस्तै 

चाहन्थे

  मैँले मेरी आमाहरू र

  हजुरआमाहरू

विवेकले एका थरी 

 र, व्यवहारले अर्कैथरि बनेको 

 पटक पटक देखेँ 

 र,हुर्किएँ 

 चाहिँदैन मलाई 

 कृपया नदिनुहोस्

 मेरो नजरमा मेरा लागि 

 एकदम सस्ता र, साह्रै 

हलुका छन् 

  फूलको, जूनको, आकाशको,

  धर्तीको

विशेषण 

 अब पनि 

 बनिरहन्छन्

 यदि मेरालागि यी विशेषणहरू 

भने 

 याद राख्नुस् 

फूलहरूले चिथोर्छन् 

औँसीको पनि रात हुन्छ 

आकाशले चट्याङ ओकल्ने 

गर्छ 

धर्तीमा प्रलय निम्तिन सक्छ

 अब 

युद्ध छेडिएको छ 

 के गर्छौ ? 

यदि म साँच्चिकै 

 फूल, जून, आकाश र धर्ती

 भइदिएँ भने !

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...