Gyaan Ghar

Home

Advertisement
Edit Content

ट्रेन्डीङ्ग

अस्कर अवार्डको ९६औँ संस्करणमा  नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने 

Advertisement

काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।  उक्त विधाका लागि हल्कारा सहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । 

प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गरिएको जानकारी हुन आएको छ ।  कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ ।

आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औँ ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदै छ ।

९४ वर्षदेखि चल्दै आएको यो अवार्ड समारोह विश्व सिनेमा क्षेत्रका लागि सबै भन्दा प्रतिष्ठित अवार्ड मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

मुख्य समाचार

निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको ...
पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हु...
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकु...
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search