Gyaan Ghar

Home

Advertisement
Edit Content

ट्रेन्डीङ्ग

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

Advertisement

वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् ।

आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीले दिएका छन् । तीन ओटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियनमैत्री भनिए पनि मजदुरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदुरको यो आन्दोलनलाई नजिकबाट नियालिरहेका छन् । (रासस/एपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

मुख्य समाचार

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

काठमाडौं । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभा २०८० साल असोज ६ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारम...
निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको ...
पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हु...
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकु...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search