Gyaan Ghar

Advertisement

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसै गरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुङ्गो लगाएको हो ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म‌ हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...