Gyaan Ghar

Advertisement

आइफोन- १६ को सिरिज लन्च


काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन- १६ को ७९९ डलर मूल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यस पटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।
आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठुलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुई वटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डब्ली भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...