Gyaan Ghar

Advertisement

राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारबाही गर्न ७७ जिल्लामा निर्देशन


काठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । 

सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडी बढेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्री स्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न सबै जिल्ला इकाईहरूलाई निर्देशन दिएको हो ।

निर्देशनमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं. ०७८–०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...