health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

जनवरी २००९ पछि जन्मेकालाई सुर्ती बेच्न प्रतिबन्ध, भ्यापिङ सम्बन्धी नियमहरू पनि कडा बनाइने
वेलिङ्टन, १६ फागुन । न्युजिल्याण्डले विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ ।
भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।
अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि धूम्रपान निषेधित राष्ट्र बनाउन लागेको हो ।
आगामी जुलाइ्बाट लागू हुने गरी संसारको सबैभन्दा कडा सुर्ती विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने, धूम्रपान र सुर्तीजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती विक्रेताहरूको सङ्ख्या घटाउने निर्णय कार्यान्वयन गरिँदै छ ।
गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागु गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाई बेवास्ता गर्दै पुराना कानुनलाई खारेज गर्न सक्षम भएको जनाउँदै पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धूम्रपान र सुर्तीजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेको छ । ‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धूम्रपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु, ’ कोस्टेलोले सञ्चारकर्मीलाई भने, ‘नव युवाहरूलाई यसको लतबाट पूर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु।’
न्युजिल्यान्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसङ्ख्या, उच्च धूम्रपान दर भएका समूहहरूमा ठुलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् ।
उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने, ‘ठुलो स्तरको क्लिनिकल परीक्षणहरू र मोडलिङ अध्ययनहरूले यो कानुनले धूम्रपान गर्नेहरूको बिचमा द्रुत रूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धूम्रपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धूम्रपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सह निर्देशक हुन् ।