Gyaan Ghar

Advertisement

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको छ ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितिको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कनट्र्याक्ट अनुमोदन गरेको हो ।

क्यानको सेन्ट्रल कनट्र्याक्ट अनुसार पुरुष खेलाडीहरूले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसै गरी महिला क्रिकेटरहरूले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

सेन्ट्रल कनट्र्याक्ट पाउने खेलाडीको सूची: 

पुरुष क्रिकेटर:

ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल ।
ग्रेड बि- कुशल मल्ल, गुल्शन झा, भीम सार्की, ललित राजवंशी, आरिफ सेख र अविनाश बोहरा ।
ग्रेड सी- विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी ।
ग्रेड डी- पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ।
इमर्जिङ क्याटोगरि- दीपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी ।

महिला क्रिकेटर- 

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ।
ग्रेड बि- कविता कुँवर ।
ग्रेड सी- पूजा महतो र अश्मिना कर्माचार्य ।
ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ।
इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसी डङ्गोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन ।
                
        

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...