Gyaan Ghar

Advertisement

नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

काठमाडौँ, १४ माघ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् । 


काठमाडौँमा भएको राजनीतिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् । 


केही देशले नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् । 


क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चिर्न चीन र नेपालबिचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् । 

नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अ...
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठम...
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्याले...
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भा...