Gyaan Ghar

Advertisement

निर्वाण चौधरी, अरबपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

काठमाडौँ, ५ माघ । नेपाली अरबपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलो पटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् ।

गए राती स्विटजरल्याण्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलो पटक चौधरीले प्यानल डिस्कस गरेका हुन् ।

 

उनले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको विषयलाई मुख्य जोड दिएका छन् । उद्योगपति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराएका छन् । ‘विश्वभरि पानीको सङ्कट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब २ अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले सो फोरममा भने, ‘साथै, नेपालमा झन्डै १ लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ तर हामी अहिले २–३ हजार मेगावाट मात्रै उत्पादन गरिरहेका छौँ, यसमा लगानी बढाउन सकिन्छ ।’

 

दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिने देखी त्यहाँ रहेको जनसङ्ख्याको ठुलो हिस्सालाई मध्यनजर गरेर बजार बिस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चौधरीले जोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...