Gyaan Ghar

Advertisement

प्रधानमन्त्रीमा अब युवाहरुलाइ अघि सार्नुपर्ने महामन्त्री शर्माको भनाइ

१६ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नेतृत्वमा अब युवाहरुलाइ अघि सार्नुपर्ने बताउनुभएको छ ।

पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने महामन्त्री शर्माको धारणा रहेको छ ।

सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने उनले बताए । काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए ।

सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ, कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।’

त्यस्तै, जनताले बदलिएको काँग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको पनि शर्माको भनाइ थियो । जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने उनको भनाइ थियो । संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...